समानता र न्यायमुलक समाज निर्माण गरौ



सैघाली खबर
दाङ, २३ मंसिर । लैगिक समानता ,सामाजिक न्याय, अधिकार विहिन समुदाय, लोपोन्मुख तथा पछि पारिएका जातीहरुको आवाजलाई मुखरित गर्दै दाङवाट प्रकाशित हुदै आईरहेको समरेखा द्वौमासिक शनिवारले सातौ वर्षको नयाँ यात्रा प्रारम्भ गरेको छ ।

सामाजिक कुरितिका रुपमा देखा पर्दै आईरहेको लैगिक तथा जातिय विभेदको अन्त्य, सामाजिक न्याय र हिंसारहित समतामुलुक समाज निर्माणको उद्देश्यले सञ्चालन हुदै आईरहेको पत्रिका लैगिक समानता र सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान पु¥याउदै चर्चा गरिएको छ ।

पश्चिम नेपालमै पहिलो लैगिक तथा जातिय हिंसा र सामाजिक न्यायका क्षेत्रमा आवाज बुलन्द गर्दै आईरहेको समरेखा द्वौमासिकले राप्ती लगाएतका पश्चिम नेपालका अन्य जिल्ला तथा क्षेत्रहरुमा लैगिक समानता ,महिला शशक्तीकरण र कु–संस्कार कुरितीको अन्त्य गरी समातामुलक समाज निर्माणमा टेवा पु¥याउने प्रशनिय योगदान पु¥याएको नेपाल सरकारका उपप्रधानमन्त्री कृष्ण वहादुर महराले चर्चा गर्नुभएको थियो ।

नयाँ युगबोध दैनिक संस्थापक नारायण प्रसाद शर्माको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री कृष्ण वहादुर महराको विशिष्ट आतिथ्यता एंव प्रदेश नं. ५ का नवनिर्वाचित प्रदेशसभा सदस्य शंकर पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको मन्त्री महराले महिलाहरु अझै त्यसमा पनि विपन्न समुदाय र आवाज विहिनहरु आवाजका रुपमा आफुलाई स्थापित गरहेको चर्चा गर्नुभयो ।

महराले शशस्त्र द्वन्दपछि महिला आन्दोलन र अधिकार एक सार्थकता प्राप्त गरेको पनि उहाँले औल्याउनुभयो । उहाँले शशस्त्र युद्ध हुदै नयाँ संविधान निर्माण चरण सम्म आईपुग्दा महिला अधिकार स्थापित गर्ने र असमान्ता अन्त्य गर्ने सवालमा महत्वपूर्ण प्रयासहरु भएका छन । तर यसका लागि गर्नुपर्ने महत्वपूर्णं कामहरु गर्न अझै वाँकी नै छन । महिला अधिकार सवालमा बनेको नितिगत निर्णयहरु कार्यन्वयन हुन नसक्दा अझै पनि महिलाहरु जघन्य अपराध र हिंसाको शिकार हुनु परेको छ । उहाँले भन्नुभयो–‘ निति फेरिए पनि महिला प्रतिको हुन व्यवहार संस्कार फेरिन अझै पनि सकेको छैन । ’ त्यो संस्कारको अन्त्य अब हामीले सुरु गर्नुपर्छ । जुन प्रयास समरेखाले थालनी गरिरहेको छ ।

महराले उक्त कार्यक्रममा राष्ट्रिय राजनतिकिको कुरा राख्दै मुलुकले दिगो स्थायित्व र आर्थिक खोजेको बताउनुभयो । मुलुकको यो अभाव लाई हटाउन नयाँ सरकार र नयाँ नेतृत्वको उदय हुन लागेकाले मुलुकको समृद्धि र स्थायित्व अब धेरै टाढा नरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘मुलुकको यो सपना लाई अब बन्ने नया सरकारले पुरा गर्ने छ । जसको नेतृत्व हामीले गर्ने छौ । ’ मुलुक अस्थीरता र संकट लाई हटाई शान्ती र समृद्धि ल्याउने छौ । जसका लागि मुलुक संविधान कार्यन्वयन गर्दै संविधानको मर्म र धर्मलाई टेकेर मुलुक समृद्धिको वाटोमा डो¥याउने छौ । जसको कार्यन्वयन र नियमनको जिम्मेवारी पनि जनताले बोक्ने छन ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एंव नवनिर्वाचित प्रदेशसभा सदस्य शंकर पोख्रेलले सामाजिक विकृतीका रुपमा देखा परेको लैगिक विभेद चेतनास्तरको अभावका कारण सामाजिक प्रसय पाईरहेको बताउनुभयो । कानुनले विभेद भन्ने शव्द नै निषेध गरेको छ । तर विभेदसामाजिक व्यवहारमा अझै जिवित छ । तर जव सम्म समाजले सृर्जना गरेको यो लैगिक विभेद समाजले अन्त्य गर्न सक्दैन । लैगिक समानता निति र सवालहरु तब सम्म चुनौतीपूर्ण बन्ने उहाँले बताउनुभयो । विभेदको अन्त्य व्यक्तिले मात्रै गरेर नहुने बताउदै विभेद र हिंसा निर्मुलका लागि महिला पुरुष दुवैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पुर्व सासद एंव पुर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माले हिंसा न्युनिकरण लागि हरेक व्यक्तिको मानसिक्ता परिवर्तन हुन अति जरुरी रहेको दर्साउदै शर्माले जसका लागि सामाजिक सचेतिकरणको अति आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिव्युरो सदस्य निर्मल आचार्य, नेकपा एमाले पुर्व अध्यक्ष लक्ष्मण आचार्य, नेपाली काँग्रेस कोषाध्यक्ष सावित्रा राणा , प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठ, जिल्ल प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जिएम, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी,प्रेस स्वतन्त्र सेनानी शुशिल गौतम , राप्ती साहित्य परिषद अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङका सल्लाहाकार दुर्गालाल केसी, आकोराप प्रदेश अध्यक्ष केपी घिमिरे , सामुदायिक महिला सेवा केन्द्र दाङकी पुर्व अध्यक्ष विमला योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण प्रसाद भुषाल, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष शुष्मा गिरी र नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समरेखाका व्यवस्थापक गोविन्द खडकाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सम्पादक लक्ष्मी आचार्यले गर्नभएको थियो ।
४ महिला अधिकारकर्मिहरु सम्मानित
लैगिक समानता र सामाजिक न्यायका क्षेत्रमा आवाज उठाउदै आईरहेको समरेखा द्वौमासिकले आफ्ना सातौ वार्षिकत्सवको अबसरमा ४ जना महिला अधिकारकर्मि तथा अभियान्ताहरु लाई सम्मान गरेको छ ।

विपन्न महिलाहरुको आथिर्क रुमान्तरण र शशक्तिकरण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रकी पुर्व अध्यक्ष विमला योगी, सफल महिला उद्यमी प्रेम कुमारी पुन, हिंसा पिडित महिलाहरुको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरेक नेपाल दाङकी संयोजक तुलसा गिरी र सक्षम महिला सामुदायिक संस्थाकी रचना सुवेदी गरी चार जनालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्