टप फिचर

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग, नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी

By Thah Online

July 02, 2020

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोध गरेको छ ।

नेविसंघले प्रेस विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

सरकारले रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँले वृद्धि गरेको थियो ।

नेविसंघले पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो भन्दै कोरोना भाइरसको महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेकोमा राहत दिनुको सट्टा सरकारले झन् पीडा दिन खोजेको बताएको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।