दाङ क्षेत्र नं. २ मा कृष्णबहादुर महरा  बिजयी  



 

 

जनक नेपाली 

दाङ ,२३ मंसिर । प्रतिनिधी सभाको क्षेत्र नं. २ मा कृष्णबहादुर महरा विजयी हुन भएको छ । महरा कुल ४० हजार ४२ मत प्राप्त गरी विजयी हुन भएको हो । उहाँ निकटतम प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गर्नु भएको थियो । महरा  १४ हजार १ सय ४५ मत अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले  जानकारी दिनुभयो । क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ८ हजार ८ सय ७० रहेका थिए। त्यस मध्य  ७० हजार ७ सय ३६ मत खसेको  मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।  जम्मा खसेको मत मध्य ६९ हजार ४ सय ८५ मत सदर भएको थियो भने ४ हजार २ सय ८४ मत बदर भएको जानकारी दिनुभयो ।

 

विजयी भएपछि पत्रकारहरु संग कुरा गर्दै महराले दाङको विकासमा लागि भुमिका खेल्ने वताउनुभयो । दाङ समृद्ध बनाउँने सपना आफुले देखेको वताउँदै त्यसका लागि अब पहल गर्ने वताउनुभयो । यस क्षेत्रको विकासका लागी पहिले देखि नै पहल गर्र्दै आएको वताउँदै अब त्यसलाई अगाडी बनाउँने योजना आफु संग भएको वताउँँनुभयो । दाङलाई प्रदेशको राजधानी बनाउँने कुरामा रोक्न अब कसैले नसक्ने भन्दै आफ्नो जित सम्पूर्ण दङ्गालीहरुकोे भएको वताउँनुभयो ।

महराको संक्षिप्त परिचय 
नाम   कृष्ण बहादुर महरा
बुवा  स्व. रविचन्द्र महरा

आमा   स्व. समुन्द्रदेवी महरा

जन्म मिति  २०१५ असार १५ जन्म स्थान   रोल्पा लिवाङ–७ धारापानी
शिक्षा    एसएलसी, श्री बालकल्याण उच्च मावि लिबाङ रोल्पा

प्रवीणता प्रमाण पत्र तह (विज्ञान), महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज (टियू)

स्नातह तह (शिक्षाशास्त्र), त्रिविवि नेपाल (पोखरा)

 

राजनीतिक यात्रा

२०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।

०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि

२०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्यड्ड २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष

२०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री

२०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण ।

२०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस)

२०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता

२०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र)

२०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी)

२०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी)

२०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी)

२०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक

२०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता

२०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी)

२०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी)

२०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी)

२०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक

२०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता

२०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ताड्ड २०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित

२०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता

२०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्यड्ड २०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी)

२०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री ड्ड २०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख

२०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य

२०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित ।

२०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित

२०७३ उपप्रधानमन्त्री तथा अर्थमन्त्रीड्ड २०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीड्ड २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य ।

२०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्