इलाम -२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको जित

By थाहा अनलाइन

December 10, 2017

सैघाली खबर इलाम,२४ मंसिर

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् ।

नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।