के जात के धर्म यो माटोले भन्दैन यहाँ



 

के जात के धर्म यो माटोले भन्दैन यहाँ !
को आफ्नो को पराइ यो बाटोले भन्दैन यहाँ !!

फेर्ने सास , लिने हावा , दिने अक्सिजनले

फरक मान्छे भन्दैन यहाँ ?

बलड बैंकमा बलड लिदा,

कुन जातको मान्छेको हो भनी सोध्दैन यहाँ ?

सगरमाथा पुग्दा , अन्टार्टिका पुग्दा सानो जात भनी हिमाल भासिदैन यहाँ ?

मन्दिरमा जादा भगवानले विभेद गर्दैनन कहिले ,

सानो जात भनी विभेद गर्ने मान्छे हो यहाँ ?

जात, धर्म , सानो ठुलो देख्ने र बाँड्ने सबै मान्छे नै हो !!!
छूत, अछूत भोको पेट खानाले भन्दैन यहाँ !!!!

यी सब त मान्छे मान्छेलाई शोषण गर्न लादेको प्रथा हो यहाँ ,,!!

( saru sunar)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्