झापामा ओलीलाई २० हजारको अग्रता, सिटौला १० हजार मतले पछि



सैघाली खबर
झापा,२४ मंसिर


झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै २० हजार मतको अग्रता लिनु भएको छ । सुरुदेखिनै अग्रता बनाएका ओलीले पछिल्लो मत परिणाममा आफ्नो मत अग्रता थप फराकिलो बनाउनु भएको हो ।
पछिल्लो मत परिणाम अनुसार ओलीले ४१ हजार ६ सय ९५ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २० हजार ८ सय ३२ मत पाउनु भएको छ ।

झापा क्षेत्र नम्बर १ मा पनि विश्वप्रकाश शर्मालाई पछि पार्दै माओवादीका सेरन्द्रकुमार कार्की अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार शर्माभन्दा कार्की दुई हजारभन्दा बढि मतले अगाडि हुनुहुन्छ । कार्कीले ३२ हजार ४ सय ८४ मत पाउनु भएको छ । शर्माको ३० हजार २ सय ५४ मत छ ।

झापाकै क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार पवित्रा निरौला अगाडि हुनुहुन्छ । उहाँको २६ हजार ८ सय ८८ मत छ । कांग्रेसका उद्वव थापाको १९ हजार ३ सय ६२ मत छ ।
वाम गठबन्धनको साथ पाएका राप्रपाका राजेन्द्र लिङदेन पनि झापा क्षेत्र नम्बर ३ मा अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई उहाँले झण्डै १० हजार मतले पछि पार्नु भएको छ । लिङदेनको ३३ हजार ६ सय ८७ र सिटौलाको २३ हजार ४ सय ९ मत छ ।
झापा ४ मा एमालेका एलपी सावाँ लिम्वु विजयी भैसक्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्