सिरहामा लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकद्वारा विरोध प्रदर्शन



महेश सिंह, सिरहा / २० असार
लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्सन गरेको छ। लकडाउन को कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्।

सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु आ-आफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा आएका हुन । लाहान ३ को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि पर्दर्शन गरेर मकालु बस बुकिङ काउनटर र जय नेपाल चिया पसल अगाडि कोण सभामा परिणत गरेका थिए ।

नेपालमा बन्दाबन्दी भएको ३ महिना सकिदा पनि सरकारलाई गरिब प्रतिको माया नभएको दुखेसो छ। गरिब ,बिपन्न परिवारलाई कसैले नहेरेको र सरकार प्रतिको बिश्वसनियता घट्दै गएको एक चालक चालक सिब कुमार महतोको गुनासो छ ।

नेपालमा लकडाउन खुकुलो भएसँगै सबै पसलहरु खुला छन् तर सिटि रिक्सा श्रमिक हरु मारमा परेका छन्। उनीहरु तिन महिना देखि रिक्सा चलाउन नपाउदा परिवारको छाक टार्न गाह्रो छ । उनिहरु रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेका छन। तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको रिक्सा चालकहरु बताउछन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्