नवलपरासी पश्चिममा बाम गठबन्धनको विजय सुरुवात



सैघाली खबर
परासी,२४ मंसिर

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम बाट बाम गठबन्धनले विजय सुरुवात गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को ९ख० प्रदेश सभा उम्मेदवार अजय बहादुर शाहीले नेपाली काङ्ग्रेसका उम्मेदवार मुकुल अचार्य लाई फराकिलो मतले पराजित गरेका हुन ।

बाम गठबन्धन उम्मेदवार शाहीले १९३३३ मत ल्याएर विजयी भएका हुन भने नेपाली काङ्ग्रेसका उम्मेदवार अचार्यले १२६०३ मत ल्याएर पराजित हुनु भएको हो ।

शाही दुई चोटि संविधानसभाको निर्वाचनमा पराजित समेत भएका थिए भने अचार्यको पहिलोपटक उम्मेदवारी थियो ।

नवलपरासीमा तेस्रो दिनको मतगणना जारी छ र अहिलेसम्मको नतिजामा बाम गठबन्धका उम्मेदवार अगाडि छन भने दुई ठाउँमा नेपाली काङ्ग्रेस अगाडि देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्