मेरो जीत सँगै मधेश मुद्दाले वैधानिकता पायो, माग पूरा गराई छाड्छौं–यादव



सैघाली खबर
सप्तरी,२४ मंसिर


संघीय समाज वादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जीत पछि पहिलो प्रतिक्रिया दिँदै भनेका छन्,–जन्मभूमिले मलाई माया गरेर विजयी बनाएको छ, यसप्रति म रिनी छु, जन्मभूमिप्रतिको रिन तिर्नलाई पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु ।

शनिबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भए सँगै यादवले आफ्नो जीतले मधेशका मुद्दाहरुले वैधानिकता पाएको भन्दै बाकी मागहरु लाई पूरा गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘मेरो जीतसँगै मधेशका मुद्दाहरुले वैधानिकता पाएका छन्, तिमागहरुलाई पूरा गराउने जिम्मेबारी मेरो हो’–यादवले भने ।
वाम गठबन्धन र माओवादी केन्द्रका साझा उम्मेदबार उमेश यादव र स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुर लाई यादवले भारी मतले पराजित गर्न सफल भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाका उम्मेदवार यादवले दशहजार एकचालिस मतको भारी अन्तरले वाम गठबन्धनका उम्मेदबार र स्वतन्त्रलाई पराजित गरेकाहुन् ।

फोरम नेपालका अध्यक्ष यादवले २१ हजार छ सय २० मत पाएका छन् । वामका उमेश यादवले एघार हजार पाँच सय उनानस्सी र ठाकुरले नौ हजार चार सय उनान्साठी मत ल्याएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्