टप फिचर

देशभर मौसम बदली रहने,काठमाडौंमा पनि बिहानैदेखि झरी

By थाहा अनलाइन

July 06, 2020

काठमाडौँ / असार २२ आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेकाे छ ।

आज राति देशभर साधारणतया मौसम बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।