वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने? ट्राफिक प्रहरीले दियो यस्ता ४ टिप्स



काठमाडौं । वर्षातको समयमा बाक्लो कुहिरो सहित झमझम पानी परिरहने हुन्छ । यो बेला केही परको बस्तु पनि पहिचान गर्न मुस्किल पर्दछ । झनै बाटोमा सवारी गुडाउनेलाई यो बेला निकै अप्ठेरो पर्ने गर्दछ ।

सवारी गुडाउँदा सफा मौसमको आवश्यकता पर्दछ तर वर्षातको समयमा यस्तो कल्पना गर्नु कोरा मात्रै हुने गर्दछ । यस्तो अबस्थामा सवारी गुुडाउँदा दुर्घटना निम्तिन पनि सक्छ । तर केही सावधानी अपनाएको खण्डमा दुर्घटनालाई कम गराउन सकिन्छ ।

वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने त ?

सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस् 
-श्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस् ।

सवारीको गति कम गर्नुस् ।
-पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन् ।

ब्रेकिङ दुरी बढाउनुस् ।
-सामुन्नेको सवारी र आफ्नो सवारीबीचको दूरा सामान्य अवस्था भन्दा बढी राख्नुपर्दछ

सडकमा ध्यान मोडिने कार्य नर्गनुस् ।
-सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्