‘दाङ जिल्ला,वाम किल्ला’ दाङमा क्लीनस्वीप काँग्रेस



गिरिराज नेपाली ,
दाङ, २४ मंसिर । २०७० सालको संविधान सभाको निर्वाचनमा दाङको ५ वटै निर्वाचन क्षेत्रमा काँग्रेस विजयी भयो । त्यो विजयी संगै दाङ जिल्ला काँग्रेस किल्लाको नारा पनि सुरु भए । तर अहिलको स्थानिय तह ,प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले काँग्रेसको किल्ला जोगाउन सकेन । अन्तत काँग्रेस दाङ जिल्ला एक सिटमा सिमित बनेको छ । किल्ला जोगाउने दाउमा रहेको नेपाली काँग्रेस आफ्नो किल्ला जोगाउन सकेन ।
शुक्रवार विहान ८ वजेदेखी सुरु भएको मतगणनामा सुरुवात देखी नै वामगठवन्धनले अग्रता कायम गरेको वाम गठवन्धनले ८ स्थानमै विजयी भएको छ । भने काँग्रेसले एक स्थानमा विजयी गरेको छ । जिल्लामा वामगठवन्धनले अत्याधिक वहुमतका साथ विजयी हासिल गरेको छ ।
दाङ क्षेत्र नं। २ वाट प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी वरिष्ठ नेता एंव नेपाल सरकारका उपप्रधानमन्त्री कृष्ण वहादुर महरा अत्याधिक वहुमतका साथ विजयी हुनुभएको छ । महराले ४० हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाली काँग्रेसका पुर्व सासद राजु खनाललाई १४ हजार एक सय ४५ मतान्तरणले पछि पार्नुभएको छ । भने खनालले २५ हजार आठ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

 

त्यस्तै प्रदेशसभा सदस्य तर्फ दाङ क्षेत्र नं। २ ‘१’ पनि नेकपा एमाले वरिष्ठ नेता एवं पूर्व सुचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले विजयी हुनुभएको छ । २० हजार सात सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै २ ‘२’ वाट नेकपा एमालेका नेता अमरवहादुर डाँगीले २१ हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिस्पर्धी भरतबहादुर न्यौपाने १३ हजार एक सय ९० मत प्राप्त गर्नुभएको थियो । डाँगीले न्यौपाने लाई आठ हजार दुई सय ६० मतले पराजित गर्नुभएको थियो ।

दाङ क्षेत्र नंं १ वाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मेटमणि चौधरी विजयी हुनुभएको छ । चौधरीले ३४ हजार १ सय ८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी शुशिला चौधरीले १६ हजार ३ सय ४७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र तर्फवाट वामगठवन्धनको साझा उम्मेदवार बनेका ईन्द्रजित थारु दाङ क्षेत्र नं। १ ‘२’ वाट अत्याधिक वहुमतका साथ विजयी हुनुभएको छ । उहाँले १७ हजार २ सय ८५ मतप्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको थियो । थारुले थापालाई ५ हजार ८ सय ९३ मतान्तरणले पछि पार्नुभएको थियो । त्यस्तै क्षेत्र नं। १ ‘१’ वाट नेकपा एमाले तर्फवाट वाम गठवन्धनका साझा उम्मेदवार रेवतीरमण शर्मा घिमिरे विजयी हुनुभएको छ । १९ हजार तीन सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । घिमिरे प्रतिस्पर्धी नेपाली काँग्रेसका जानकीलाल वस्नेतलाई छ हजार छ सय १ मतले पछि पार्नुभएको छ ।
त्यस्तै दाङ क्षेत्र नं। ३ वाट प्रतिनिधिसभा सदस्यका नेकपा एमाले नेता हिराचन्द्र केसी विजयी हुनुभएको छ । केसीले ४० हजार दुई सय ८७ मतप्राप्त गर्नुभएको छ । केसीका प्रतिस्पर्धी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पूर्व सिचाई मन्त्री दिपक गिरी ६ हजार पाँच सय ५७ मतले पछि पर्नुभएको थियो । भने गिरीले ३३ हजार सात सय ३० मत प्राप्त गर्नुभएको थियो । भने दाङ क्षेत्र नंं ३ ‘ २’ नेकपा एमाले उतरकुमार वंली विजयी हुनुभएको छ ।

वंलीले २३ हजार ९ सय ७० मतप्रापत गरेर प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व सासद बुद्धिराम भण्डारीलाई ६ हजार आठ सय ३७ मतले पछि पार्दै वंलीले विजयी हुनुभएको हो । भने भण्डारीले १७ हजार पाँच सय ३२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै दाङ क्षेत्र नं। ३ को १ वाट नेपाली काँग्रेसका डिल्ली वहादुर चौधरी विजयी हुनुभएको छ । चौधरीले १७ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता एंव गठवन्धनका साझा उम्मेदवार जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्