युनेस्को बाँकेद्धारा नेपालगन्ज, राजापुर र गेरुवामा स्वास्थ्य सामाग्री हस्तान्तरण



बाँके। बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका, बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएको सो सामाग्री उपरोक्त पालिकाहरुमा हस्तान्तरण गरिएको हो ।

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशका रवि तुलाधरले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो भने नेपालगन्ज उपमहानगरपालिकामा क्लबका महासचिव मिना तुलाधर र कार्यसमिति सदस्य फिरदौस जहाँ खानले हस्तान्तरण गर्नु भयो ।

राजापुर नगरपालिकामा प्रशासकिय अधिकृत बसन्तराज अधिकारीलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो भने गेरुवा गाउँपालिकामा गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थारुलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।

बर्दियाको राजापुर नगरपालिकाका क्वारेन्टाइनका लागि हाथ धुने ट्यांकीसहितको सेट ३ वटा, २३८ हाइजिन किट, १५ वटा सेट पीपीई, डिग्नीटि किट ४० वटा, र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोही प्रकारले गेरुवा गाउँपालिकाका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट २ वटा, १५३ हाइजिन किट, ४० वटा डिग्नीटि किट, १० वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।

यसैगरि नेपालगन्ज उपमहानगरका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट १ वटा, ४७० हाइजिन किट, १०० वटा डिग्नीटि किट, ५ वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको थियो । यसअघि क्लबले बाँके र बर्दियाका विपद व्यवस्थापन समिति र अन्य स्थानीय तहहरुलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्