आर्थिक

ए डिभिजन क्लबले पाए महानगरको १० लाख सहयोग

By Thah Online

July 06, 2020

काठमाण्डौँ, असार २२ काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रभित्र रहेका ए डिभिजन फुटबल क्लबहरुलाई १० लाख रकम सहयोग गरेको छ ।

खेलकुद विकास तथा प्रवर्द्धनका लागि महानगरले ए डिभिजनका छ वटा प्रत्येक क्लबलाई १०–१० लाख रकम नगद सहयोग गरेको हो ।

महानगरले ए डिभिजन क्लब मछिन्द्र, मनाङ मर्स्याङ्दी, हिमालय शेर्पा, एनआरटी, संकटा र सरस्वती क्लबलाई १० लाख रकम हस्तान्तरण गरेको थियो ।

यसअघि महानगरले ए डिभिजन क्लबलाई १० लाख, बी डिभिजन क्लबलाई तीन र सी डिभिजन क्लबलाई दुई लाख दिने निर्णय गरेको थियो ।