गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाण्डौँ, असार २२
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ११ जना कास्कीका एकजना र बागलुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू दुईजना महिला र १५ जना पुरुष छन् ।

१७ जना नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११३ पुगेको छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्