शिक्षा

कक्षा ११ को बोर्ड परीक्षा नलिने शिक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ती सहित

By Thah Online

July 06, 2020

काठमाण्डौँ, असार २२ सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले राष्ट्रिय रुपमै सञ्चालन गर्ने गर्दथ्यो ।

कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकाले ११ को परीक्षा राष्ट्रिय रुपमा सञ्चालन गर्न नहुने आवाज पनि उठ्दै आएका थिए ।

साेही क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पाेखरेलले एक विज्ञप्ती मार्फत भएका निर्णयहरू जारी गर्नुभएकाे छ ।

हेर्नुहाेस विज्ञप्ती :