बिद्यार्थीको पढाइ प्रतीको रुचि अभिवृद्धि गर्न शैक्षिक सामाग्री बितरण, विद्यार्थी हर्सित




टेकबहादुर पुन/दाङ्ग
लमहीमा दलित तथा बिपन्न बर्गका विद्यार्थी हरुलाई स्कुल सामाग्री बितरण गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले अर्जुन आधारभुत बिद्यालय हसनापुरमा अध्ययनरत ६० जना विद्यार्थी हरुलाई छात्रबृत्ती स्वरुप स्कुल ब्याग, कलम कापी बितरण गरेको हो ।

बिद्यार्थीको पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न दलित तथा बिपन्न बर्गका बिद्यार्थी हरुलाई छात्रबृत्ती बितरण गरिएको वडाध्यक्ष मोहन गिरिले बताउनु भयो । ‘आर्थिक अबस्था कमजोरीका कारण सबैले आबस्यक्ता अनुसारका सामाग्री किन्न सक्नु हुँदैन अध्यक्ष गिरीले भन्नुभयो-जसले गर्दा बिद्यार्थीको पढाइ प्रतीको रुचि घट्न सक्छ, तसर्थ दलित तथा बिपन्न बर्गका विद्यार्थी हरुलाई स्कुल सामाग्री बितरण गरेका हौँ ।’

स्कुल सामाग्री पाएकोमा विद्यार्थी तथा अभिभावकले खुसी ब्यक्त गरेका थिए । प्रत्यक विद्यार्थी लाई एउटा स्कुल ब्याग, एक दर्जन कापी, बल पेन र एक दर्जन पेन्सिल बितरण गरिएको हो ।

आर्थिक बर्ष २०७६/०७७ को १ लाख रकम खर्च गरेर दलित बर्गका २३ जना र बिपन्न बर्गका ३७ जना विद्यार्थी हरुलाई स्कुल सामाग्री बितरण गरिएको छ । कार्यक्रमको सञ्चालन कार्यालयका वडा सचिब अच्युत ज्ञाँवलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्