टप फिचर

‘ई’ समुहले तोडे अनशन, सरकारसँग भयो यस्तो सहमती (पत्रसहित)

By Thah Online

July 07, 2020

काठमाण्डौँ, असार २३ कोरोना रोकथाममा सरकारसँग विभिन्न मागहरु राख्दै असार १२ गतेबाट अनशनरत ‘इनफ इज इनफ’ का अभिन्याताहरु ईशान अधिकारी ‘ई’ र पुकार बमले अनशन तोडेका छन् ।

सोमवार सरकारसँग १२ बुँदे मागमा सहमती भएसँगै मंगलवार बिहान ह्याम्स अस्पताल परिसरबाटै अनशन तोडेका हुन् ।

उनीहले पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएका आएका थिए ।

१२ दिनअघि पाटन दरबार स्क्वायरमा अनशनरत उनीहरुको स्वास्थ्य अवस्थामा समस्या आएसँगै दुवै अनसनकारीलाई ह्याम्समा भर्ना गरिएको थियो ।

उनीहरुले अभियानका तर्फबाट बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग विभिन्न माग राखेका थिए ।

सरकारपक्ष र अनशनरत पक्षबीच सोमबार भएको वार्तामा भने दुवै पक्षबीच १२ बुँदे सहमति भएसँगै उनीहरुले अनशन तोडेका हुन् ।

उक्त सहमति पत्रमा अभियानका तर्फबाट ‘ई’ र बम तथा स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर रोशन पोखरेल र डाक्टर समिरकुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।

यसअघि उनीहरुलाई अनशन स्थल पाटनमा भेट्न नेपाली कांग्रेसका सांसद गगन थापा, कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई लगायतले भेटेका थिए ।