किड्नी सुरक्षित राख्न चाहानु हुन्छ, यी कुरामा ध्यान दिनुस



 

 

सैघाली खबर,

कतिपय अवस्थामा हाम्रा बानीहरुको पनिमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ

 

१। पानी कम पिउने

किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा किड्नीको रोग देखा पर्नासाथै डायलिसिस गरिहाल्नुपर्छ । यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा किड्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो ।

 

पानी कम मात्रामा पिउने व्यक्तिलाई किड्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्न सक्छ । साथै यसका कारण किड्नीमा स्टोन हुने खतरा समेत बढेर जान्छ । त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ ।

 

२। बिहान पिसाब नफेर्नु

 

रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी छ । तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाब नफेरि बस्ने गर्छन् । धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा किड्नीमा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ ।

 

३। धेरै चिल्लो तथा मर मसला युक्त खाना

 

हामी धेरै जसोलाई टाक्क टुक्क परेको चिल्लो मरमसला युक्त खाना औधी मनपर्छ तर धेरै मसला अजिनो मोटो राखीएको खानाले क्षणीक स्वाद त दिन्छ तर दिर्घकालीन रुपमा रोग निम्त्याउँछ अधिक मसला र अजिनो मोटोले हड्डीको बोनम्यारो कमजोर गर्दै लैजानुको साथै किड्नी ब्लकेज गरीदिन्छ ।

 

२। धुम्रपान एवम् तम्बाकू सेवन

 

अत्याधिक धुम्रपान एवम् तम्बाकूको सेवन गर्ने बानीका कारण कतिपय मानिसलाई फोक्सोसम्बन्धी गम्भीर रोग लागेको हुन्छ । यसका कारण ऐथेरोस्कलेरोसिस रोग पनि लाग्न सक्छ जसले रक्त नलीमा रगतको बहावलाई ढिलो पारिदिन्छ र यसका कारण किड्नीमा कम रगत जाने हुन्छ । यसले किड्नीको कार्यक्षमता घटाउँछ । यसैकारण धुम्रपान र तम्बाकू सेवन गर्नु किड्नीका लागि पटक्कै राम्रो होइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्