कोरिया जान पाउने माग राख्दै युवाहरुद्वारा माइतीघरमा प्रदर्शन



काठमाडौं / असार २४
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। कामदार भिषामा जान श्रमिकले सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेको भएपनि सरकारले उडान खुला नगरेका कारण जान नपाएको भन्दै बुधबार माइतीघरमा प्रदर्शन गरेका हुन्

ईपीएस परीक्षा प्रणाली मार्फत छनोट भइसके पनि दक्षिण कोरियाकाे रोजगारीमा जान नपाएको उनुहरुको गुनासो छ। २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्न सक्ने भएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको प्रदर्शनमा सहभागी एक नेपाली कामदार बताए।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले कि रोजगारी दे, कि कोरिया जान दे, कोरियाको लागि अन्तर्राष्ट्रिय उडान शुरु गर, गरिखान दे सरकार, उडान खोली जान दे सरकार, प्रधानमन्त्रीज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देऊ’, काम रोक्न पाइँदैन, नालायक सरकार चाहिंदैन’, सरकार सक्छौ भने देशमै देऊ रोजगार, सक्दैनौ भने लाखौं बेरोजगार युवाहरुको भविष्य नबिगार सहितका नारा लेखिएका प्ला कार्ड बोकेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्