यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ अनि यसरी बिबाह गर्छ



सैघाली खबर,

यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई ‘अला कचु’ को नामले चिनिन्छ ।

यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ जसलाई घरका मानिसले पनि साथ दिन्छन ।

जब यहाँ कुनै केटाले कुनै केटीलाई अपहरण गर्छ र घर ल्याउँछ तब उसको घरकाले बिबाहको तयारि गर्छन । कयौं पटक युवतीले बिबाहको लागि अस्विकार गर्छिन तर घरकाले सकेसम्म मनाउने कोसिस गर्छन ।

यदी नमानेको खण्डमा ति युवतीलाई अपहरण गर्ने केटाले बलात्कार गर्छ र बिबाहको लागि बाध्य पारिन्छ । त्यसपछि बिबाहको लागि मनाइन्छ अनि बिबाहको लागि मिति तोकिन्छ ।

यस्तो अवस्थामा यदी ति युवतीले अझैपनि बिबाह गर्न नमानेको खण्डमा उनलाई बेइज्जत बनाएर त्यसै छाडिन्छ । जताततै ति युवतीको बद्नाम हुन्छ र फेरी उसैसँग बिबाह गर्न बाध्य हुनुपर्छ ।

यो सबै क्रियाकलाप हुँदा केटिपक्षको परिवारहरु बिबस भएर बस्छन किनकी परम्पराले केटाहरुलाई युवती अपहरण-बलात्कार र बिबाह गर्न छुट दिएको छ ।

किर्गिस्तान सरकारले कयौं पटक यो परम्परालाई ब्याण्ड गर्नको लागि कोसिस गरेको थियो | १९९४ मा यसलाई इलीगल पनि घोषणा गरियो, तर पनि यो परम्परा चलिरह्यो ।

त्यहाँको एक एनजीओको रिपोर्ट अनुसार, बिबाहको लागि यहाँ हरेक बर्ष करीब १२००० युवतीहरुको अपहरण गरेर बलात्कार गरिन्छ । अर्को आंकडा अनुसार लगभग ४०% किर्गिस महिलाहरुको बिबाह यस्तै तरीकाले भएको छ ।

पहिलेको परम्परागत मान्यता हेर्ने हो भने किर्गीस्तानमा मुख्यत: केटि मन पराइन्थ्यो, प्रेमप्रस्ताव राखिन्थ्यो अनि मात्र अपहरण गरिन्थ्यो तर उक्त परम्परा तोडिएर अहिले भने राम्री देख्ने बित्तिकै युवती अपहरण गरिन्छ अनि बिबाह गर्न नमाने बलात्कार गरेर बनाइन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्