चितवन क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ वाम गठबन्धन विजयी



सैघाली खबर,
चितवन, २४ मंसिर। – चितवन प्रदेशसभातर्फ १ को ९क० र ९ख० मा एमाले उम्मेदवार विजयी भएका छन् । क मा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई ७ हजार २९ मतले पछि पार्दै एमालेका उम्मेदवार दावादोर्जे लामा विजयी हुनुभएको हो । उहाँले २३ हजार २३ मत पाउनुभयो भने गुरुङले १५ हजार ९ सय ९४ मत पाउनुभएको छ ।
यस्तै, प्रदेशसभा ख मा पनि एमालेका कृष्णप्रसाद शर्मा खानालले नेपाली कांग्रेसका उत्तमप्रसाद आचार्यलाई ८ हजार ७ सय २१ मतले पछि पार्दै विजयी हुुनुभएको छ । खनाल २७ हजार २ सय ३२ मतसहित विजयी हुनुभएको हो भने आचार्यले १८ हजार ५ सय ११ मत पाउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्