प्रिमियर लिगः लिभरपुल र म्यानचेस्टर सिटी विजयी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, म्यान्चेस्टर सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी भएका छन् ।

च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित गर्‍यो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गर्दा जोर्डन हेन्डर्सनले एक गोल थपे ।

पराजित टोली ब्राइटनका लियाद्रो ट्रोसार्डले एक गोल फर्काए । जारी सिजनमा एक सय अंक पुर्‍याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलले ३४ खेलबाट ९२ अंक पुर्‍याएको छ ।

दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ६९ अंक छ । सिटीले गएराति न्युकासल युनाईटेडलाई ५–० ले हरायो । उसका लागि ग्याब्रियल जिसस, रियाद माहारेज, डेभिड सिल्भा र राहिम स्टर्लीङले एक एक गोल गरे ।

न्युकासलका फेडेरिको फर्नान्डेजले एक आत्माघाति गोल गरेका थिए । प्रिमियर लिगकै अन्य खेलहरुमा शेफिल्ड युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडमाथि १–० कै जित निकालेको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्