टप फिचर

ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

By Thah Online

July 09, 2020

काठमाडौं । निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।

काठमाण्डौबाट अपार सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाई छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।