सिन्धुपाल्चोक बाढी : उद्धारका लागि हेलिकोप्टर पुग्यो, २ घाइते काठमाडौं ल्याइँदै



काठमाण्डौँ, असार २५
सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली घटनास्थल पुगेको छ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेहरुको उद्धार थालिने जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितको हेलिकोप्टर बाह्रबिसे पुगेको हो।
उक्त हेलिकोप्टरबाट २ गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ।

काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो।

मन्त्री दुलालका अनुसार सडक अवरुद्ध भएकाले घाइतेको उद्धारमा समस्या देखिएको छ। ‘सडक अवरुद्ध भएकाले घाइतेको उद्धार गर्न सकिएको छैन। प्रकृतिको अपार चुनौती सामना गर्न सुरक्षाकर्मी र स्थानीय जुट्नु भएको छ,’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्