मुख्य समाचार

डिजल वोक्ने ट्याङकरमा आगलागी

By थाहा अनलाइन

June 05, 2017

जेष्ठ २२ , दाङ ।घोराहीमा सोमबार अपरान्ह वेल्डीङ गर्ने क्रममा एक ट्याक्टरमा आगलागी भएको छ । वेल्डीङ गर्ने क्रममा डिजेल बोक्ने रा१त २५६३ नम्बरको ट्याक्टर बिस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।

टेक्टर ईन्जन र डिजल ट्याङकी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर घोराही उपमहानगरपालिकाको दमकल बिग्रिएका कारण घोराहीस्थित गौतम वाटर सप्लायर्सको ट्यांकरबाट आगो निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।