टप फिचर

सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३,८८७

By Thah Online

July 09, 2020

असार २५ सुदूरपश्चिम प्रदेशमा बिहिबार थप १६ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परिक्षणमा ८ पुरुष र ८ महिला गरी थप १६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

बिहिबार धनगढी प्रयोगशालामा भएको परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका ५ जना, गौरीगंगा नगरपालिकाका ३ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जना, भीमदत्त नगरपालिकाका १ जना बाजुराको त्रिवेणी नगरपालिकाका २ जना, अछामको साँफेवगर नगरपालिकाका २ जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका १/१ जनामा जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय८७ पुगेको छ।