झुटो समाचार दिए दर्ता भएकै अनलाइन पनि बन्द गरिने



काठमाडौं / २५ असार
नेपाल प्रेस काउन्सिलले अफवाह भ्रमपूर्ण तथा झुटो समाचार दिने अनलाइनलाई ठाडै बन्द गर्ने भएको छ। प्रेस काउन्सिलले बिहीबार सूचना विभागमा दर्ता भएको टिभि हिमालयन दैनिक डटकम बन्द गरेको छ।

यसअघि दर्ता भएका अनलाइनको हकमा स्पष्टीकरण सोध्ने र अन्य कारबाही गर्ने गरिन्थ्यो तर अब त्यसले काम गर्ने नदेखिएकाले बन्द गर्नुको विकल्प नरहेको काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताउनु भयो।
“अफवाह फैलाउने अनलाइनलाई अब ठाडै बन्द गरिन्छ’ उँहाले भन्नु भयो।

उँहाले अनलाइन सञ्चालन निर्देशिका २०७३ का आधारमा यो अनलाइन बन्द गरिएको बताउनु भयो। अश्लील,अपुष्ट र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने व्यवस्था भएकाले बन्द गरिने उँहाले बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्