टप फिचर

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णयबारे जानकारी नभएको सञ्चार मन्त्रालयको भनाई

By थाहा अनलाइन

July 09, 2020

काठमाडौँ / २५ असार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने निर्णयबारे आफुलाई जानकारी नरहेको बताएको छ ।

मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको र यसबारे मन्त्रीले आफ्नो धारणा स्पष्ट पारिसकेको तर न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले मन्त्रालयले कसैलाई पनि भारतीय न्यूज च्यानलको प्रशारण गर्नलाई निर्देशन नदिएको भन्दै केही केवल अपरेटरहरुले यसबारे निर्णय लिएको बारे आधिकारिक जानकारी नरहेको बताउनु भयो।

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएका थिए ।