सैघाली खबर
रोल्पा , २४ मंसिर । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।
पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए ।
गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए ।
पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए ।
भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो ।
उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।