शहीदलाई सम्झदै महराको बिजयी यात्रा (भिडियो सहित)




जनक नेपाली
दाङ, २४ मंसिर । बिहानको झण्डै १० बज्न लागेको थियो । दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दाङ क्षेत्र नं. २ कृष्णबहादुर महरा विजयी भएको घोषणा गर्दा नगर्दै बाम गठबन्धनका नेता कार्यकर्ता निकै उत्साहित देखिन्थ्ये ।मतगणना स्थल उच्च मा.वि. भरतपुर देखि बजारका चोकचोकमा सर्वसाधारणको बाक्लो उपस्थित देखिन्थ्यो ।

मतगणना स्थलबाट सीधै माओवादी केन्द्रको पार्टी कार्यालय पुगेका महरा एका ÷एक घोराही ६ फँच्चकपुरमा स्थित शहीदको शालिकमा माल्यार्पण गर्दै महराको बिजयी यात्रा सुरु गर्नुभयो । सशस्त्र जनयुद्धका क्रममा शाहदत प्राप्त गर्ने कृष्णी चौधरी,निराजन चौधरी, अर्जुन चौधरी, हिमली चौधरी,सूर्वर्ण चाधरी, राजेन्द्र अधिकारी दिक्षा चौधरी बसन्त सुवेदी र गोर्वधन कुर्मीको शालिका माल्यार्पण गर्दै महराले बिजयी यात्रा थाल्नुभयो ।

९ जना शाहदत प्राप्त शहीदलाई माल्यार्पण संगसंगै मौन धारण गरेर शहीद श्रद्धाञ्जली व्यक्त गर्नुभयो । गणतन्त्र,संघीयता ,संविधान, सबै शहीदको देन भएको वताउँदै महराले शहीदको सम्झना गर्न आफु यहाँ आएको बताउनुभयो वताउनुभयो ।

 

समाज परिर्वतनका लागि हिडेका थुप्रौ साथीले शाहदत प्राप्त गर्नु भएको छ उहाँको सम्मान हामीले गर्नुपर्छ भन्नुभयो । यस्तै महराले नेत्रलाल अभागीको शालिकमा पनि माल्यार्पण गर्नु भएको थियो । अगागीले नेपाली कम्युनिष्ट आन्दोलनका लागि खेलेको भुमिका निकै महत्वपूर्ण भएको भन्दै महराले अभागीको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।

गठबन्धनको बिजयी ¥याली
संयुक्त बाम गठबन्धनको घोराहीमा विजयी ¥याली सम्पन्न गरेको छ । घोराही स्थित ट्राफिक चोकबाट सुरु भएको विजयी ¥याली, हस्पिटल रोड, नयाँ बजार , सेना व्यारेक, लखनथापा पार्क, सब्जीमण्डि रोड ,बैङकरोड, बाल मन्दिर, दामोदर चोक, न्युरोड हुदै तुलसीपुर चोकमा पुगेर समापन गरिएको थियो । बिजयी ¥यालीमा बाम गठबन्धनका हजारौ नेता कार्यकर्ताको सहभागिता रहेको ।

¥यालीमा दाङ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महरा, शंकर पोखरेल, अम्मरबहादुर डाँगी लगाएतका विजयी उम्मेदवारहरुको सहभागिता रहेको थियो । त्यस अबसरमा बोल्दै नेकपा एमालेका नेता शंकर पोखरेलले चुनावका माध्यमबाट अधिकारमुखी राजनिति यात्रा थालेको वताउँनुभयो ।पोखरेलले अब नेपालमा चुनावी तालमेल मात्र नभएर नेपालमा अब एमाले र माओवादी मिलेर देशमा बलियो कम्युनिष्ट पार्टी वनाउँने वताउनुभयो । जनताले राजनितिक स्थायित्वका लागि जनमत दिनु भएको छ हामी कुनै ठाउँमा ठगमगाउँने छैनौ उहाँले भन्नुभयो ।

हामी तपाईको मतका कदर गर्दै यस देशको विकास गर्न चाहन्छौ उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द«का बरिष्ठ नेता कृष्णबहादुर महराले देश र जनताको सेवामा सर्मिपित हुने बताउँनुभयो । दाङलाई प्रदेश राजधानी बनाउँने आफ्नो पहिलो प्रतिबध्ता रहेको बताउँदै त्यसको कार्यान्वयनका लागि आफु लाग्ने वताउनुभयो । आफ्नो राजनितिक लक्ष्य भनेको समाजबाद रहेको भन्दै त्यसकोे कार्यान्वयनका लागि आफु लाग्ने वताउँनुभयो । घोराही बाट सुरु भएको विजयी ¥याली सौडिकुला, नारायणपुर, खैरा,दुधरास, बेलझुण्डी, बिजौरीमा पुगेर समापन गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्