कैलालीको पहलमानपुर लालबोझी सडक खण्ड मर्मतको माग गर्दै प्रदर्शन



कैलाली / २६ असार
कैलालीको पहलमानपुर-लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले प्रर्दशन गरेका छन्। घोडाघोडी नगरपालिका ११ को सिसैया चौकमा भेला भएका स्थानीयले सडक मर्मतको माग गर्दै प्रर्दशन गरेका हुन्।

स्थानीयहरुले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले तत्काल सडक मर्मतको माग गर्दै दबाब मुलक कार्यक्रम सहित प्रर्दशन गरेका छन्। पहलमानपुर-लालबोझी सडक खण्ड हिलाम्य भए अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन्। स्थानीयले आवतजावतमा निकै सास्ती झेल्नु परेको छ।

कैलाली निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले उक्त सडकलाई चुनावी नारा बनाए पनि उक्त सडक अहिले सम्म कालोपत्रे हुन सकेको छैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्