आर्थिक

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य (विज्ञप्ति सहित)

By थाहा अनलाइन

July 10, 2020

काठमाडौं / २६ असार नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको छ।

निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।

निगमकाे संचालक समितिकाे आज बसेकाे बैठकले मूल्य बढाउने निर्णय गरेकाे हाे। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ।

निगमकाे विज्ञप्ति