नेपालका बारेमा कुप्रचार गरेकोमा जी न्यूजले माग्यो माफी



काठमाडौं / २६ असार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको छ। नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो ।

जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन ।

नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने च्यानल वितरकहरुलाई सरकारले समेत धन्यवाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्