लकडाउनबिच तीन लाख नेपाली स्वदेश फिर्ता



काठमाडौं/२७ असार
लकडाउन यता तीन लाख नेपाली स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनको अवधिमा तीन लाख १२ हजार एक सय १८ नेपाली स्वदेश फकिएको बताउनु भयो।

ओलीका अनुसार लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकबाट २३ हजार २ सय ५४ जना नेपाली स्वदेश फर्किएका हुन्। नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लागू भएको हो।

ओलीले प्रस्तुत गरेको तथ्यांक अनुसार असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपाली कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ। २३ हजार ९ सय १० जना क्वारेन्टिनमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्