फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?



 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ १० दिन नबित्दै पुनस् मूल्य बढाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्