अर्थमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित`



सैघाली खबर
धरान ,२५ मंसिर

नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।

कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ ।तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्