चितवन पुगेका प्रचण्डले गरे नारायणीले गरेको कटानको निरीक्षण




काठमाण्डौँ, असार २७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल हादल प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली क्षेत्रको निरीक्षण गरेका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष भरतपुर महानगरपालिका २७ मा नारायणी गरेको कटानको निरीक्षण गरेका हुन्।

कटान क्षत्रेको निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कटान भएको क्षेत्रमा तत्काल तटबन्द गराउने बताएका थिए। उनले देशभर बाढी–पहिरो र कटानले ठूलो क्षति पु¥याएको भन्दै सतर्क रहन आग्रह समेत गरे।

मघौली कटानको निरीक्षण पनि अध्यक्ष प्रचण्ड अहिले माडीतर्फ प्रस्थान गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्