बारा १ बाट पूर्व स्वास्थ्यमन्त्री चौधरी विजयी



सैघाली खबर
बारा,२५ मंसिर

SONY DSC

प्रतिनिधिसभा अन्तर्गत बाराको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उमाकान्त चौधरी विजयी भएका छन् । उनी २४ हजार ४ सय ५० मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त गरे ।
राष्ट्रिय जनता पार्टीका रामकिशोर प्रसाद यादव २० हजार १ सय ४४ मत सहित तेस्रो भए । उनी२०६४ सालमा संविधानसभा चुनावमा बाराको क्षेत्र नम्वर ५ बाट विजयी भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्