प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे



‘प्राकृतिक चिकित्सा र योग राेगीलाई निराेगी र निराेगीलाई दीर्घजीवि बनाउने पद्धति हाे’

काठमाडौ । प्राकृतिक चिकित्सा पद्धति औषधिविहिन चिकित्सा पद्धति हो । यस चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगलाई दीर्घजीवी बनाउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस चिकित्सा पद्धति पञ्च महाभूत–पृथ्वी, जल, तेज, वायु, आकाशमा आधारित रहेको हुन्छ र यिनैबाट प्राकृतिक रुपमा पाइने चिजहरुको सम्मिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ ।यस चिकित्सा प्रणालीमा मूलतः जीवनशैली परिवर्तन गरेर निको हुने रोग, माइग्रेन, ग्याँस्ट्रीक, कब्जियत आदि जस्ता रोगहरुको उपचार गरिन्छ ।

प्राकृतिक चिकित्सा पद्धतिकाे सेराेफराेमा रहेर हिमालयन याेग तथा प्राकृितक हस्पिटलका मेडिकलका डाइरेक्टर र याेग तथा प्राकृतिक संघका केन्द्रीय उपाध्यक्ष डा. यन्जन गैह्रे सँग गरेकाे कुराकानी:

योग तथा प्राकृतिक चिकित्सा कस्तो खालको उपचार विधि हो ?

यो नितान्त औषधी विहिन चिकित्सा पद्धति हो । जुन चिकित्सा पद्धति ‘पञ्चमहाभुत’ (अग्नी, जल, वायु, आकाश र पृथ्वी) काे सिद्धान्तमा आधारित हुन्छ । यस उपचार पद्धतिमा पञ्चमहाभुतबाट पाइने सामाग्रीहरुको समिश्रणबाट नै विभिन्न रोगहरुको उपचार गरिन्छ । विशेषत लामो समयसम्म उपचार गरेर निको नभएका दीर्घकालिन रोगहरू प्राकृतिक उपचारबाट निको बनाउने गरिन्छ । यो यस्तो पद्धति हो जसले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवि बनाउने गर्दछ । हाम्रो मुख्य काम रोग लाग्नै नदिने, रोग लागि सकेपछि गर्ने उपचार, रोगलाई निर्मूल पार्ने हाे ।

अहिलेको समयमा एक्सरे र एम.आर.आई गरेर एलोपेथिक उपचार गर्न छोडेर तपाईँकोमा किन आउने ?

हामीकहाँ यि सबै प्रयोग हुन्छन् । एउटा बिरामी हेर्ने भनेको डाक्टरले सही तरिकाले हेर्छ । बिरामीलाई के भएको छ ? भनेर बुझ्न एकदम जरुरी छ । डाइग्नोसिसको भाग सबभन्दा ठूलो पक्ष हो । सहि ठाउँमा पुगेर पनि, गलत डाइग्नोसिस भएर पनि सहि उपचार नपाएका धेरै रोगीहरु छन् ।

आम भ्रम के छ भने योग तथा प्राकृतिक चिकित्सा भनेको त एकदम गुरुय परम्परामा जोडिने माटो पानीको मात्र प्रयोग गरिने होइन । एक्सरे र एम.आर.आई आवश्यक परे हामी पनि प्रयोग गर्छाैं । एक्सरे र एम.आर.आई उपचार होइन यी त सबै डाइग्नोसिस टुलहरु हुन् । चाहिएको अवस्थामा हामी पनि प्रयोग गछौँ । योग तथा प्राकृतिक हस्पिटलबाट उपचार गराउँदा प्रविधी प्रयोग गरिदैन भन्ने कुरा गलत बुझाई हो ।

फेशनको रुपमा उदाउँदा प्राकृतिका चिकित्सा सम्बन्धि अस्पतालहरु कसरी विश्वसनीयता मान्ने ?

तपाईँले राम्रो र समय सान्दर्भिक प्रश्न सोध्नुभयो । नेपालमा अहिले च्याउसरी थेरापीका नाममा क्लिनिकहरु र अस्पतालहरु खुलेका छन् । के कस्ता अस्पतालहरु खुलेका छन् भनेर हेर्ने संस्था भनेको नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागको वैकल्पिक चिकित्साले हेर्नुपर्ने हो । अनुगमन, गुणस्तर जस्ता कुराहरुमा दर्ता भएर सही रुपमा आउनुपर्ने हो । तर अहिले त्यस्ता कुराहरू नभएर क्लिनिक तथा अस्पतालहरूकाे नाममा स्वास्थ्य जोडेर मार्केटिङ गर्दा केहि समस्या छन् । तर म के भन्छु भने राम्रा सहि डाक्टर र हस्पिटलमा गएर उपचार गर्नुहाेस्, सही ठाउँ र अस्पतालकाे छनाेट गर्नुहाेस् ।

नेपालमा अहिले ५०-६० ओटा योग तथा प्राकृतिक चिकित्सक डाक्टर छौँ । यो चिकित्सा बाटोमा प्रचारप्रसारको गरेको हिसाबले आएको होइन । साँढे पाच वर्ष पढेर डाक्टर भइन्छ त्याे पनि विदेशमा ।

यो हस्पिटल नेपाल सरकारको योग तथा प्राकृतिक चिकित्सक अन्तर्गतको आर्युबेद तथा वैकल्पिक बाट स्विकृती लिई रजिस्टार भएर सेवा सञ्चालन भएको हस्पिटल हो । त्यसैले यहाँ आएर ढुक्क भएर उपचार गर्नुहोस् ।

अहिले एउटा कोठामा नै यस्ता अस्पतालहरु खुलेका छन् र उपचार गछौँ भन्दै प्रचार गरिरहेका छन् जसले तपाईँहरु जस्तोलाई कस्तो असर गरेको छ ?

यसमा कामहरु भईरहेको छ । तर पनि ठूलो असर हुन्छ । यस्ता चिजहरु कसले कारवाही गरिदिने, कसले गुणस्तर मापन गरिदिने, सम्बन्धित निकायले नै ध्यान दिनुपर्ने होइन र ? हामीले बुझे, भ्याएसम्म गरिरहेको छौँ । व्यक्त्तिगत रुपमा छौँ । तर पनि सामुहिक रुपमा र सरकारी रुपबाट सबैले लाग्नुपर्छ । यसमा लगानी त धेरै यसरी ३-४ महिना पढेकाले यसरी हस्पिटल खोलिरहँदा ५-६ वर्ष पढेकाहरुलाई तनाव सुरु हुन्छ र विदेश पलायन हुन बाध्य भईरहेका छन् । नीति नियम नहुँदा गाह्राे छ । पढेकाले पनि गलत गर्नुभएन जसमा तपाईँ हामी मिलेर अगाडी बढ्नुपर्छ ।

यहाँ चाहिँ कस्ता-कस्ता रोगहरुको उपचार हुन्छ ?

आकस्मिक अवस्था बाहेक कम्मर, गर्दन, घुँडा दुखाई , बाथरोग, नसासम्बन्धि रोग, हड्डी सम्बन्धि रोग, दम, कब्जियत, पिनास, माइग्रेन, उच्च रत्तचाप, तनाब व्यबस्थापन, पायल्स र प्यारालाइसिस राेगीलाई प्राकृतिक उपचार पद्धतिबाट उपचार गछौँ । उच्च रत्तचाप र मधुमेहजस्ता दीर्घकालिन रोगहरु जुन हाम्रो बदलिदो जीवनशैलीका कारण देखिने गरेका छन् । नसालाई हामी लाइफ स्टाइल डिस्अर्डर भन्छौँ । यि यस्ता लामो समयसम्म देखिने, लामो समयसम्म औषधी खानुपर्ने र औषधी खाँदा खाँदा उब्जिएका रोगहरुलाई उहाँहरुको जीवनशैली परिवर्तन गरेर होस् या खानपानमा होस, उहाँलाई चाहिने थेरापीहरु दिएर होस अथवा उहाँको परामर्श दिएर भोजनमा परामर्श दिई बिरामीलाई नै डाक्टर बनाउने र बिरामीलाई आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएर उनीहरुलाई स्वास्थ्यको बारेमा सिकाएर बिरामीले दिनहुँ घरमा गर्नुपर्ने कार्य के, कसरी गर्ने कुराहरु उहाँहरुलाई सिकाउने, हामीले बिभिन्न थेरापीलाई प्रयोग गरेर उपचार गर्ने गछौँ । जस्तैः यता प्राकृतिक चिकित्सा, फिजियो थेरापीहरु, अकुपंचर-अकुप्रेसर र योग थेरापी सेवाहरु उपलब्ध छन् ।

प्राकृतिक पद्धतिबाट उपचार गरिने अस्पतालमा उपचार शुल्क महँगो छ नि ?

यो गलत धारणा हो । यस्ता हस्पिटलको शुल्क महँगो होइन । बिरामीलाई समय बढी दिनुपर्छ । हाम्रो हस्पिटलमा बिरामी भएर एकदिन औषधी खाएर निको हुने होइन । एकचोटी आईसकेपछि न्युनतम १०-१५ वा १ महिना नियमित रुपमा आउनुपर्ने हुन्छ त्यसैले यहाँ पैसा खर्चिलो भन्दा पनि समय खर्चिलो छ । यता चिकित्सककाे सल्लाह अनुसार गर्नुपर्ने हुँदा प्रशस्त पनि टाइम दिनुपर्ने हुन्छ । यता ‘जल्दी खाउँ, जल्दी मरौँ’ भन्या जस्तो हामी गर्दैनाैं । बिरामीलाई रोगको बारेमा सम्झाउने, बिरामीलाई रोग निको पार्न विभिन्न थेरापीहरु दिन्छौँ ।

बिरामीको चाप कत्तिको हुने गर्छ ?

बुझ्ने बिरामीहरु सामान्यतया आइरहनु भएको छ । ३०-४० जना कर्मचारी पाल्न सफल भएका छौँ । यसको मतलब बिरामीहरु आएर नै हो । प्रतिक्रिया पनि राम्रो छ र बिरामीहरुले पनि आफू सन्तुष्ट भएर अरु बिरामीहरु नि ल्याउने गर्नुहुन्छ । याे नै हाम्राे सबल पक्ष हाे ।

योग तथा प्राकृतिक पद्धतिबाट उपचार गर्न सकिन्छ भनेर युवापुस्तालाई कसरी बुझाउँदै हुनुहुन्छ ?

विभिन्न क्षेत्रहरुमा गएर मेडिकल क्याम्पहरु गरिरहेका छौँ । सबैभन्दा मुख्य जनचेतना नै हो । तपाईहरु मिडियामार्फत र विभिन्न युवा क्लबहरुमा जोडिएर विभिन्न कार्यक्रम गरेर जनचेतना फैलाईरहेका छौँ योग तथा प्राकृतिक चिकित्साको बारेमा । तर यो चिज कुनै पनि व्यत्तिले गरेर मात्र हुँदैन । नेपाल सरकारले २०५९ असार २० गते नेपाल सरकारको प्राकृतिक चिकित्सालाई राष्ट्रिय चिकित्साको रुपमा घोषणा गर्यो । तर त्यति बेलादेखि नै यस क्षेत्रमा काम भएको भए आज थुप्रै दीर्घरोगीहरुले आफ्नो उपचार समयमा पाउने थिए । अकालमै ज्यान ज्याने थिएन । अझै नेपाल सरकारको विभाग र मन्त्रालय भएको भए झन सजिलो हुने थियो । नीतिगत रुपमा लेखेकाे छ तर कार्यान्वयन नहुँदा समस्या यथावत छ ।

उपचारलाई प्राथमिकतामा अस्पताल खोलिरहँदा यस पद्धतिको व्यापारीकरण त भएको छ तर व्यबसायीकरण अझै हुन सकेको छैन नि ?
गुणस्तर मापन गर्ने निकाय नै कमजोर भईदिए । के छ ? कस्तो छ ? भनेर हेर्ने नेपाल सरकारले पनि यसको लागि छुट्टै निकाय र सरकारी अस्पतालहरु खोलिदिएन । यसलाई माथिबाट ल्याउन नीतिगत रुपमा ल्याईदिने, यस क्षेत्रमा लाग्नेका लागि अन्तरक्रिया गरिदिने र के गर्दा राम्रो हुन्छ भन्ने विषयमा ध्यान दिन जरूरी छ । जथाभावी अस्पताल तथा क्लिनिक खोलिएका छन् । १५ दिन सिकेको मान्छेले क्लिनक खाेल्न तम्सिन्छन् । खुलेका राम्रा र नीतिसंगत चलेका संस्थाहरूबीच सहकार्यमा जान सके राम्रो हुन्छ । यो पद्धति पूर्वाग्रह रहित हुनुपर्छ ।

अझै पनि बिरामीले यस्तो उपचार पद्धतिलाई विकल्पको रुपमा लिन्छन् किन ?

२-४ वर्ष पहिले म पनि हामीले हेर्ने भनेको सेकेन्ड बिरामी हो भनेर सोच्थेँ । सेकेन्ड बिरामी भन्नाले औषधीका पोकाहरु बोकेर आउने भन्ने र कहीँ गएर निको भएन भए हुन्छ नभए पनि हुन्छ अन्तिम आशा मारेर आउन्थे तर अहिले त्याे विचारमा परिवर्तन भएकाे छ । प्राकृतिक उपचार विधि कहीँ नभएपछि मात्र हाेइन शुरूमै देखाउन सकिन्छ भन्ने चेतनाकाे विकास र प्रचार हुँदैछ । याे एकैपटक हुने कुरा हाेइन । केही समय लाग्न सक्छ ।

तर प्राकृतिक उपचारमा लामो समयसम्म उपचार गर्नुपर्ने र ओषधी खार्नुपर्ने भन्छन् नि ?

म बिरामीहरुलाई के भन्न चाहन्छु भने रोग चाहिँ २० वर्षदेखि पालेर बस्ने, कहिँ गएर सञ्चो नभएर प्राकृतिक हस्पिटलमा अन्तिम विकल्प जाउँ न त भनेर आउने अनि ५ दिनमा प्रतिफल खोजिएर दिन सकिएला र ? यदि समयमै आउनुभयो भने धेरै दिन लाग्दैन । हामीले ५० प्रतिशत बिरामीलाई नै डाक्टर बनाउने हो । समय चाहिन्छ हामीले दिर्घरोगीलाई खानपानबाट निको बनाउँछौँ । समय चाहिन्छ । केही सिप नलागेर प्राकृतिक चिकित्सामा उपचार गर्न आयो, कुन प्राकृतिक चिकित्सा पद्धतिले २ दिनमै सञ्चो बनाउन सक्ला र ? ओषधी र थेरापीले शरीरमा काम गर्न निश्चित समय त लागिहाल्छ नि ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

लामाे समयदेखि दीर्घ राेगी भएर बिरामी परिरहनुभएकाे छ र जति पनि रोगले निराश भएर सञ्चो हुनुभएको छैन एकपटक यस हिमालय हस्पिटल योग तथा प्राकृतिक हस्पिटल पूजा प्रतिष्ठान, मध्यबानेश्वर उपचारकाे लागि सधैं तत्पर छ । नभए नजिकैका दर्ता भएका योग तथा प्राकृतिक हस्पिटलमा गई दक्ष चिकित्सककहाँ गएर उपचार गर्नुहोस् भन्न चाहन्छु । साथै सबै चिकित्सकहरुले एकले अर्कालाई सम्मान गर्नुपर्छ र गल तगर्नेलाई दण्ड र सहि गर्नेलाई सम्मान गर्नुपर्छ । (साभार:गाउँ सहर ड्टकम )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्