अब प्रतिनीधिसभामा २३ प्रदेशसभामा ५३ स्थानको नतिजा आउन बाँकी



सैघाली खबर
काठमाडौं,२५ मंसिर


प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम अन्तिम तिर पुगेको छ । १६५ मध्ये बिहान ८ बजेसम्म १४२ स्थानको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७४ स्थान विजयी भएको छ भने प्रदेशसभातर्फ १४३ स्थानमा जितेको छ ।

त्यसैगरी माओवादीले प्रदेश सभातर्फ ३१ र प्रदेशसभातर्फ ६१ स्थानमा जित हासिल गरेको छ ।कांग्रेस १८ प्रतिनिधि र ३५ प्रदेशसभातर्फ जितेको छ । संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ७ र प्रदेश सभातर्फ १७ स्थानमा विजयी भएको छ ।

राजपाले ८ प्रतिनिधि र ९ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ । राप्रपाले प्रतिनीधि सभामा एक स्थानमा जितेको छ प्रदेशसभामा जितेको छैन । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्