नुवाकोटमा भएको ट्याक्सी दुर्घटनामा धादिङका चालकको मृत्यु



नुवाकोट, असार २७
शनिवार दिउँसो विदुर नगरपालिका वडा नं ५ माझीटार ट्याक्सी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ गईरहेको बा. २ ज.५२३३ नं. ट्याक्सी अनियन्त्रित भई रोडको बाँया साईडमा रहेको ड्रेनमा(पानी बग्ने नहर) फस्न गई दुर्घटना हुदाँ धादिङ धुनिबेसी नगरपालिका वडा नं ७ का ५२ वर्षिय नवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उपचारको लागी अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएके छ ।

सोही गाडिमा सवार नुवाकोट तादी गाउँपालिका वडा नं २ का ५१ वर्षका ज्ञानेन्द्र शिलवालको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्