सैघाली खबर
काठमाडौं,२५ मंसिर
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार समानुपातिकतर्फ मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको काँग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ ।
कूल एक करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा ३ लाख ३४ हजार ४ मत गन्दा एमालेले सबैभन्दा बढी ३८.९ प्रतिशत मत ल्याएको छ । नेपाली काँग्रेसले ३७.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादीले १६.५ प्रतिशत मत पाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।