नवलपरासी पश्चिमको एक सहकारीमा चोरी



रबिन्द्र यादव,नवलपरासी पश्चिम /२८ असार
नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियामा रहेको महालक्ष्मी बहुदेश्यीय सहकारी संस्थामा शुक्रबार राति चोरी भएको छ ।

सहकारी गाउँ भित्र रहेको छ । सहकारी संस्थाको ताल्चा तोडी करिब साढे तीन लाखको चोरी भएको संस्थाले जनाएको छ ।

चोरी गर्ने चोरलाई खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्