टप फिचर

देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा,अझै तीन दिन बर्षा जारी रहने

By थाहा अनलाइन

July 12, 2020

काठमाडौं /असार २८ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।

आउँदो २२ घन्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आकलन गरिएको छ ।

ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

नेपालमा अझै तीनरचार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहने देखिएको छ । मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले केहि दिन बर्षा निरन्तर रहने जनाइएको हो ।

महाशाखाका अनुसार देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न साना तथा ठूला नदीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन र नदी आसपास नजानसमेत आग्रह गरिएको छ ।