कञ्चनपुर १ बाट विना मगर विजयी



सैघाली खबर
भीमदत्तनगर,२५ मंसिर

गणन भइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावको मत परिणामअनुसार कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका थिए । यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा एमालेका अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्