एक सातामै १६ सयले लिए पुनः श्रम स्वीकृति, सबैभन्दा धेरै यूएई जाने



काठमाडौं । वैदेशिक रोजगारीमा जानले एक सातामै १६ सयले लिए पुनः श्रम स्वीकृति लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रम स्वीकृति दिन शुरु गरेपछि गत एक हप्ताको अवधिमा १ हजार ६ सय ५४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । सरकारले गत असार १८ गतेदेखि भिसा र करार अवधि हुनेहरुलाई पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार त्यसपछिको एक हप्ताको अवधिमा १ हजार ६ सय ५४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अधिकांशले पहिले जहाज टिकट कन्फर्म गरेर पछिमात्र श्रम स्वीकृति लिन आउने गरेका कारण निवदेन गरेकै दिन श्रम स्वीकृति दिनु पर्ने बाध्यता रहेको बताइएको छ ।

पुनः श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै यूएई जाने रहेका छन् । यूएई जाने ७ सय ७७, कतार जाने १ सय ८०, मलेसिया जाने १ सय ४७ र ओमान जाने २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । उक्त कार्यालयले अमेरिका, जापान, माल्टा लगायतका २८ देशमा रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति जारी गरिएको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्