दाङको बिरासत कायम राख्दै तीन थारु



जनक नेपाली

दाङ ,२५ मंसिर । गत बिहिवार भएको प्रतिनिधी सभा र प्रदेश सभामा दाङका तीन जना थारु उम्मेदवार विजयी भएका छन । प्रदेश र प्रतिनिधी सभा गरी ९ सिट रहेको जिल्लामा प्रतिनिधी सभामा एक र प्रदेश सभामा दुई जना थारु विजयी भएका हुन । थारु समुदायको आदीभुमी मानिने दाङमा यस पटक भने जिल्लाका तीन थारुले आफ्नो विरासत काजोगाएका हुन । मुख्य माउ पार्टीमा थारु सुमदायको उल्लेख सहभागी भएपनि यस पटकको निर्वाचनको समयमा कम थारुले मात्र टिकट प्राप्त गरेका थिए । त्यस मध्य प्रतिनिधी सभा क्षेत्र नं. १ मा मेटमणी चौधरी विजयी हुनु भएको छ ।

चौधरीले ३७ हजार ९ य ३१ मत प्राप्त गरी बिजयी हुनु भएको थियो । उहाँ प्रतिद्धन्द्धी नेपाली काँग्रेसका शुसिला चौधरी २४ हजार ४८ मत प्राप्त गर्नु भएको थियो । शुसिला २०७० मा दाङ क्षेत्र नं. १ बाट विजयी हुनु भएको थियो । मेटमणीले शुसिलालाई १४ हजार ८ सय ८३ मतले पछि पार्दै विजयी हुन भएको थियो । शुसिला काँग्रेस नेता खुमबहादुर खड्काका निकट मानिनुहुन्छ । क्षेत्र नं. १ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नेता ईन्द्रजीत थारु विजयी हुनु भएको छ ।

थारुले ५ हजार ८ सय ९३ मत अन्तरले विजयी हुनु भएको हो । ईन्द्रजीतले १७ हजार २ सय ८५ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिदन्द्धी काँग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गर्नु भएको थियो । लामो समय देखि थारु समुदायको अधिकार संस्थापित गर्नका लागी उहाँले राम्रो भुमिका निर्वाह गर्नु भएको थियो । जनयुद्धकाल भरी थारु माओबादीको नेतृत्वदायी भुमिका खेल्नु भएको थियो । यस्तै शान्तिप्रक्रियापछि पनि उनी अन्तरिम व्यवस्थापिका विधायक भए भने २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य जित्नु भएको थियो । सभासद छँदा हाल निर्वाचन हुन थालेको मुलुकको साँगठनिक संरचना निर्माण गर्ने समितिका रुपमा रहेको राज्य पुर्नसंरचना समितिमा रहेर काम गर्नु भएको थियो ।

 

यस्तै दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा काँग्रेसका तर्फबाट डिल्ली चौधरी बिजयी हुनु भएको छ । चौधरी २ हजार ३ सय ३६ मत अन्तरले विजयी हुनु भएको हो । चौधरीले १७ हजार ३६ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्र जगप्रसाद शर्मा १४ हजार ७ सय मत प्राप्त गर्नु भएको थियो । दाङमा यसपाली काँग्रेसलाई आफ्नो विरासत जोगाउँन नै निकै हम्मेहम्मे नै परेको थियो । जम्मा ९ सिट मध्य काँग्रेसका तर्फबाट चौधरीमात्र विजयी हुन भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्