गिरफ्तार गरेको घटना प्रती युवा संगठनको गम्भीर ध्यानाकर्षण(विज्ञप्तिसहित)



नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल केन्द्रिय समितिका सदस्य एवं सेती – महाकाली व्युरो इन्चार्ज कमरेड श्याम भट्ट लाई ०७७ असार २७ गते वैतडी जिल्लाको पाटन नगरपालिका वार्ड न. १० को हतासमा जनसेवाको काम गरिरहेको वेला सामाजिक फासिवादी दलाल सरकारको गृह – प्रशासनले विना कारण गिरफ्तार गरेको घटना प्रती युवा संगठन नेपाल, केन्द्रिय समितीको गम्भीर ध्यानाकर्षण हुनुका साथै संगठन निन्दा एवं घोर भ्रत्सर्ना गर्दछ ।

कोभिड – १९ को महामारीले काम गरेर खाने जनताको रोजगारी गुमेको छ साझ विहान चुलोमा आगो वल्न सकिरहेको छैन । वाढी पहिरोले जनधनको ठुलै क्षति पुर्याएको छ यो दु:खद क्षणमा पनि दलालहरु आफ्नो कुर्सी वचाउन अंक गणितको खेलमा नाङ्गो रुप देखाइ रहेका छ्न । नेपाली जनताको जीवन प्रती कथित कम्युनिस्ट सरकार खेलवाड गरि रहेको छ राहतको नाममा करोडौं रुपैया भ्रष्टाचार गरेको छ ।

अनुदानको नाममा रास्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) लाई कार्यान्वयन गर्न दलालहरुले न्वारन देखिको ताकत लगाई रहेका छन हाम्रो संगठन विगत देखि रास्ट्र र जनताको पक्षमा निरन्तर लडिरहेको आम जनसमुदायमा स्पस्ट छ । गिरफ्तार पर्नु भयका कमरेड श्याम भट्टलाई विना शर्त रिहाइको जोड्दार माग गर्दछौ । अन्ततः एकीकृत जनक्रान्तिले दलाल संसदिय व्यवस्था उल्टाउदै वैज्ञानिक समाजवाद विजय हुने छ । क्रान्तिकारी अभिवादन सहित ! दिनेश उपाध्यक्ष युवा संगठन नेपाल्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्