टप फिचर

बयोधा अस्पतालका एक स्वास्थ्यकर्मीले सारे १२ जनालाई कोरोना, तीन वटा वडा सिल

By Thah Online

July 12, 2020

काठमाण्डौँ, असार २८ काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।

कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा वडा सिल गरिएको छ । बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।

वडाअध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं. ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ ।